काठमाण्डु– भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो। जसमा १ खर्ब सहुलियतपूर्ण ऋण र १ खर्ब अनुदान उपलब्ध गराउन प्रस्ताव गरिएको थियो।
नेपालले प्रस्ताव गरेको अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माण र ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणमा खर्च गर्ने योजना अघि सारेको थियो।
भारतले नेपालले माग गरेभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरे पनि उक्त रकममध्ये कति ऋण र कति अनुदान हुने तथा कुन परियोजनामा कति रकम खर्च गरिने भन्ने विषय भने स्पष्ट पारेको छैन।




प्रतिक्रिया