स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड

स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनजस्तो स्थानीय तहको निर्वाचन नहुने उल्लेख गरेका छन् ।

मंगलबार तनहुँमा आयोजित पार्टी जागरण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहमा पहिलाको जस्तो हुरी–बतास आउन सम्भावना नरहेको उल्लेख गरे ।

‘स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता को–को छन् । अब हामीले नै जस्तो हुन्छ, हुन्छ भनेर छोडिदियौं भने र हामी त हार्नेवाला नै हो भनेर हिँड्यो भने त एउटा कुरा हो,’ प्रचण्डले अगाडि भने, ‘हामीले कस्सिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन । इतिहास र पृष्ठभूमि थाहा नभई भोट हाल्दैनन् । नयाँको काम बुझ्नेले त बुझिसकेका छन् । गाउँघरमा बुझाउन बाँकी छ ।’

उनले स्थानीय तहको निर्वाचनमा जोश र जाँगरका साथ होमिन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।