भारतका लागि चिनियाँ राजदूत भन्छन्-नेपालको विपद् पूर्वतयारी तथा न्यूनीकरण क्षमता अभिवृद्धिमा चीनको साथ रहनेछ

भारतका लागि चिनियाँ राजदूत भन्छन्-नेपालको विपद् पूर्वतयारी तथा न्यूनीकरण क्षमता अभिवृद्धिमा चीनको साथ रहनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी मुलुक भएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालको उत्तरी क्षेत्रमा गएको भीषण पहिरोपछि चिनियाँ सरकारले नेपाललाई नगद सहायता तथा आपत्कालीन राहत सामग्रीका पाँच खेप उपलब्ध गराएको स्मरण गरेका छन्।

त्यसैगरी, सुरुङ उद्धार तथा फरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका २० जनाभन्दा बढी विज्ञ नेपाल पठाउनुका साथै मौसम विज्ञान, जलविज्ञान र भूगर्भीय अवस्थासम्बन्धी तथ्याङ्क निरन्तर उपलब्ध गराउँदै आएको पनि उनले उल्लेख गरेका छन्।

यसअघि प्रदान गरिएको आपत्कालीन सहायताका अतिरिक्त चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने उनले बताएका छन्।

उनले लेखेका छन्, ‘विपद्बाट प्रभावित क्षेत्रका नागरिकलाई आफ्ना घर पुनर्निर्माण गर्न तथा जनजीवन र दैनिक कामकाज यथाशीघ्र सामान्य अवस्थामा फर्काउन चीनले सहयोग गर्नेछ। साथै, प्राकृतिक विपद्बाट उत्पन्न जोखिम र चुनौतीको प्रभावकारी सामना गर्न नेपाललाई विपद् पूर्वतयारी तथा न्यूनीकरणसम्बन्धी क्षमता अभिवृद्धिमा समेत सहयोग गर्नेछ।’