नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।

२०८३ मङ्सिर ९ गतेदेखि सुरु भएको अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन् ।

मङ्सिर २३ गतेसम्म सञ्चालन हुने अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन्। अभ्यासका क्रममा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा सैनिकहरूले सैद्धान्तिक र व्यावहारिक ज्ञान तथा अनुभव आदानप्रदान गर्नेछन्।

सन् २०११ देखि नेपाल र भारतमा पालैपालो सञ्चालन हुँदै आएको यस अभ्यासले दुई देशबीचको सैनिक सम्बन्ध, पेशागत दक्षता र आपसी समझदारी थप सुदृढ बनाउने नेपाली सेनाले विश्वास लिएको छ।

default