काठमाण्डु- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन्।
उनले ६५०० फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुने सुझाव समेत दिएका छन्।
‘भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ। यसको स्वागत गर्दछु। यो सहमतिले काठमान्डु (टीआईए) लाई एकहदसम्म सहयोग पुग्छ नै। तर भैरहवा र पोखरामा जहाज अवतरण गर्न सहज हुन्छ वा हुन्न त्यो प्राविधिक निष्कर्षपछि मात्र थाहा हुनेछ। मैले बुझेअनुसार ६५०० फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुन्छ।’
उनले थप लेखेका छन, ‘हेरौँ-भारतीय प्राविधिकले यो मान्छन् या‘ ? दुईतर्फी हवाई रुटमा फेरि पनि हाम्रो प्राथमिकता महेन्द्रनगर र नेपालगन्ज नै हो । हवाई रुटका बारेमा २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीका बिचमा छलफलको निष्कर्ष कहाँ पुगेको थियोरु र, कार्यान्वयनको चरणमा पुग्नै लाग्दा के कारणले कार्यान्वयन भएनरु कुनै बेला बताउँला। अहिलेलाई-अलवेज नेसन्ज फर्स्ट ।’
प्रधानमन्त्रीले दुई दिने भारत भ्रमणका क्रममा यो रूट खोल्ने विषयमा ब्रेकथु गरेको जानकारी दिएका थिए। त्यसपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।



प्रतिक्रिया