अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क

अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघ (ईयू०, जापान र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेका ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। त्यसै अनुसन्धानपछि नयाँ शुल्क घोषणा गरिएको हो।

प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने छ।

चीनबाट आयात हुने वस्तुमा २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउन सकिनेछ । तर अमेरिका र चीनबीचको व्यापारिक अस्थायी सहमति जनवरी १०, २०२७ मा समाप्त भएमा यो दर ४० प्रतिशतसम्म पुग्न सक्नेछ ।

नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुने प्रस्ताव गरिएको छ ।

नयाँ शुल्कको प्रस्तावबाट चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारत प्रभावित हुनेछन् ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउने दाबी गरेका छन्।

यद्यपि, ट्रम्पले केही देशसँग सहमति गरेका शुल्क सीमाका कारण प्रस्तावित शुल्कका केही दर प्रभावकारी रूपमा कम हुन सक्नेछन्। विभिन्न देशका लागि शुल्क दर पनि फरक–फरक हुनेछन्। अर्थशास्त्रीहरूले भने भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने र आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्।

उनीहरूले यस्तो नीतिले विश्व व्यापारमा समेत संकुचन ल्याउन सक्ने बताएका छन्। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पटक–पटक भन्सार शुल्क लगाउने वा लगाउने चेतावनी दिँदै आएका छन्। अमेरिकी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले शुल्क नीति अघि बढाएको उनको दाबी छ।

नयाँ भन्सार शुल्क तत्काल लागू हुने छैन । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले प्रस्तावमाथि सार्वजनिक टिप्पणी तथा सुझाव संकलन गर्ने जनाएको छ । यसका लागि ५ जनवरी २०२७ सम्म लिखित सुझाव दिन सकिनेछ ।