काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका छन्। सिंहदरबारस्थित परिषद्को सचिवालयमा शुक्रबार बिहान सवा ११ बजेदेखि बैठक बसिरहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ र मुख्यसचिव गोविन्दबहादुर कार्की सहभागी छन्।
त्यस्तै, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरे पनि बैठकमा उपस्थित छन्।
बैठकको एजेन्डा र छलफलका विषयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।



प्रतिक्रिया