भारतमा १७९ नेपाली अलपत्र, नेपाल ल्याउन पहल

भारतमा १७९ नेपाली अलपत्र, नेपाल ल्याउन पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ नेपाली प्रहरीको नियन्त्रणमा परेका छन्। विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखिएको छ।

अलपत्र पर्नेमा अधिकांश महिला छन्। नेपाली पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल हुन सकेको छैन। परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरीद्वारा उनीहरूलाई स्वदेश ल्याउने प्रयास भइरहेको छ।

सरकारले उनीहरूलाई उद्धार तथा राहतका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन नियन्त्रण शाखा प्रमुखको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरेको छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।