मगन्तेरहित बनाइँदै काठमाडौंका सडक

मगन्तेरहित बनाइँदै काठमाडौंका सडक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी)रहित बनाइने भएको छ। त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ। सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ।

प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई पनि हटाउने भएको छ। सडकमा बस्ने मगन्ते लागुऔषध दुर्व्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।