रक्सौल-काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव

रक्सौल-काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ । कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिए । अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ ।

मिश्रले भन्नुभयो, ‘‘यी दुवै ‘एलाइनमेन्ट’ माथि अहिले छलफल भइरहेको छ, यसबारे नेपालको तर्फबाट टुङ्गो लगाएर दुईमध्ये एउटा प्रस्ताव ती कम्पनीलाई पठाइने छ ।” प्रस्तावित छोटो दुरीको रेलमार्ग निर्माणका लागि चुनौतीपूर्ण रहेको छ । छोेटो दुरीमा उकालो र ओरालो बढी हुनसक्ने हुन्छ भने टनेलको निर्माण पनि आवश्यक हुनसक्छ ।

छोटो दुरीमा उच्च पुल धेरै मात्रामा निर्माण गर्नुपर्ने छ र त्यो अलि जोखिम पनि हुनसक्ने छ । ‘‘त्यसैले लामो दुरीको मार्ग नै उपयुक्त हुनसक्ने छ,’’ महानिर्देशक मिश्रले बताए । लामो दुरीको मार्ग समयको दृष्टिले यात्रा समय अलि बढी भए पनि जोखिम र निर्माण खर्चको हिसाबले छोटो दुरीको भन्दा बढी उपयुक्त हुनसक्ने उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।