काठमाडौं – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतको उचित परिचालनका लागि परम्परागत ज्ञान र सीपको उपयोग गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
मन्त्री बस्नेतले वन स्रोतको उपयोग स्थानीय समुदायको गरिवी निवारणमा केन्द्रीत गर्ने योजना अघि सारे । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गरिवी निवारण र जीविकोपार्जनमा वन क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना बनाउन पनि मातहतका निकायलाई सचेत गराए ।
मन्त्री बस्नेतले बाँस जस्ता स्रोतको उपयोग गरेर पनि स्थानीय जनतामा जीविकोपार्जनको कार्यक्रम सञ्चालन गर्न सकिने बताए ।




प्रतिक्रिया