दुई जना सहसचिव सचिवमा बढुवा, बेलवासेले पाए सतर्कताकाे जिम्मेवारी

दुई जना सहसचिव सचिवमा बढुवा, बेलवासेले पाए सतर्कताकाे जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवाको निर्णय गरेको छ।
मन्त्रिपरिषदको आइतबारको बैठकले प्राविधिकतर्फका सहसचिव माधव बेलवासे र प्रशासनतर्फ सहसचिव देवकुमारी गुरागाईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालयमा रहेका बेलवासेलाई सरकारले राष्ट्रिय सर्तकर्ता केन्द्रको सचिव बनाएको छ।  सचिवमा बढुवा भएका गुरागाईको भने पदस्थापन हुन बाँकी छ।