पत्निको उपचारका लागी अमेरिका जांदै नेकपा अध्यक्ष प्रचण्ड


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाने भएका छन् । लामो समयदेखी अस्वस्थ रहेकी पत्नी सिता दाहालको उपचारको लागी प्रचण्ड चैत ४ गते अमेरिका जान लागेका हुन् । उनको साथमा छोरी गंगा दाहाल पनि अमेरिका जादैंछन् ।
वासिङटन डिसीस्थित नेपाली दुतावास स्रोतकाअनुसार सिताको उपचार वाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा हुनेछ । प्रचण्ड करिव ११ वर्षपछि अमेरिकाको भ्रमणमा जादैछन् ।

यसअघि सिताको उपचार वैंकक र सिंगापुरमा भएपनि त्यहा ठिक हुन नसकेपछि अमेरिका लैजाने तयारी भएको हो । छोरा प्रकाश दाहालको निधनपछि उनको स्वास्थ्य अवस्था झन् कमजोर बनेको पारिवारी स्रोत बताउंछ ।

भेनेजुयला प्रकरणअघि नै प्रचण्ड अमेरिका जाने तयारी भएपनि व्यस्तताका कारण उनको भ्रमण हुन नसकेको हो । भेनेजुयला प्रकरणपछि कतिपयले उनलाई अमेरिका नजान सुझाव दिएपनि अन्तत प्रचण्ड अमेरिका जाने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement