एनआईसी बैंकको नयाँ शाखा सिराहाको भगवानपुरमा

एनआईसी बैंकको नयाँ शाखा सिराहाको भगवानपुरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया बैंकको नयाँ शाखा सिराहास्थित भगवानपुर गाउँपालिका–१, भगवानपुरमा सञ्चालनमा आएको छ।

सो शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले शुक्रबार एक समारोहका बिच उद्घाटन गरे।

कार्यक्रममा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गरे।

मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।