बलबहादुर रोकायाको पहलमा मंगलसैनमा निःशुल्क हाडजोर्नी शिविर हुने

बलबहादुर रोकायाको पहलमा मंगलसैनमा निःशुल्क हाडजोर्नी शिविर हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको आयोजना र जिल्ला अस्पताल अछामको संलग्नतामा चैत्र ४ देखि ८ गतेसम्म अछाम जिल्ला मंगलसैनमा निशुल्क हाडजोर्नी अप्रेशन शिविर सञ्चालन हुने भएको छ।

काठमाडौंमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी बलबहादुर रोकायाको पहलमा सञ्चालन हुन लागेको शिविरमा दुर्घटनाबस भाँचिन गई बाँङ्गो टिङ्गो भएको जोर्नीको अप्रेशन सँगै हाडजोर्नी अप्रेशनताका राखिएको स्टिल रड निकाल्न सकिने छ।

उक्त शिविरमा दक्ष, अनुभवी तथा ख्यातिप्राप्त हाडजोर्नी विशेषज्ञ डा। निङमार शेर्पा ज्युको नेतृत्वमा अन्य डाक्टरहरूको समुहले सेवा प्रदान गर्ने छ । भौगोलिक विकटता र आर्थिक अभावका कारण उपचार गर्न नसकि शारिरीक अपाङ्गताभई जिवनयापन गर्न कठिनाइ व्यहोर्नुपरेका आफ्नो जिल्लावासीलाई राहत पुगोस् भन्ने उद्देश्यकासाथ शिविर आयोजना गर्न लागिएको जानकारी युवा बिद्यार्थी रोकायाले दिएका छन् ।

उनका अनुसार अस्पतालमा लाखौं रकमले गरिने अप्रेशन यतिखेर जिल्लामै निशुल्क गर्न लागिएकोले बढीभन्दाबढी लाभग्राहिले लाभ लिउन भन्ने भावले सरोकारवाला , पत्रकार मित्र, स्थानीय मिडिया र आम जिल्लावासीले बढिभन्दाबढी प्रचारप्रसार गरिदिन आग्रह गरेका छन् । काठमाडौंमा अध्ययनरत रोकाया अछामको रामारोशनका स्थानीय बासिन्दा हुन् ।