बलात्कार गरी फरार अभियुक्त १६ वर्षपछि पक्राउ

बलात्कार गरी फरार अभियुक्त १६ वर्षपछि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर – भोजपुर जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। जबर्जस्ती करणी मुद्दामा भोजपुर जिल्ला अदालतबाले २०५९ चैत ९ गते ३ वर्ष ३ महिना कैद सजाय सुनाएका टेम्केमैयुङ गाउँपालिका-१, खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो।

राईलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले जंगलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो। राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै अदालतले अर्का एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुर नगरपालिका-२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुर्पक्षका लागि कारागार चलान गरेको हो।

राईले गत फागुन १० गते सोही ठाउँकी १५ वर्षीया बालिकालाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ। राईलाई पीडित बालिकाको उजुरीपछि गत फागुन ११ गते पक्राउ गरिएको थियो।