पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरममा प्रवेश

पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरममा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरम प्रवेश गरेकी छन् । डीआईजीबाट अवकाश पाएको पाँच वर्षपछि उनी राजनीतिमा लागेकी हुन् ।

प्रहरी सेवामा रहँदा चर्चाको शिखरमा रहेकी उनी अवकाशपछि गुमनाम जस्तै थिइन् । संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरिन् ।

प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै भएकी थिइन् । सामाजिक गतिविधि तथा दलहरुमा उनी संलग्न देखिएकी थिइनन् । तर, त्यसको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छन् ।

पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन । नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् ।

कुनै बेला राजनीतिक दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन पुगेकी उनै थापा अहिले राजनीतिमा प्रवेश गरेकी छन् । राजनीतिक दलकै छहारी लिने निर्णयमा पुग्नुको कारणबारे थापाले केही खुलाएकी छैनन् ।