प्रचण्डलाई अमेरिकामा कानूनी झमेला नहुने, ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

प्रचण्डलाई अमेरिकामा कानूनी झमेला नहुने, ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिका भ्रमणको क्रममा कानूनी अड्चन नहुने भएको छ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका प्रचण्डविरुद्ध हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा‍. तिलक श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेपनि त्यसले प्रचण्डलाई कानूनी झमला ननिम्त्याने स्रोतले जनाएको छ।

प्रचण्डलाई अमेरिकाले पूर्वआतंककारीको सूचीमा राखेको र उनी अमेरिका रहेकाले युद्ध अपराधमा पक्राउ गर्नुपर्ने माग गर्दै श्रेष्ठले उजुरी दिएपनि अमेरिकाले प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ भनिने आन्तरिक सर्कुलर जारी गरेको छ।

प्रचण्ड अमेरिका उड्नु अघि नेपालका लाििग अमेरिकी राजदुत रेन्डी बेरीले ‘कुनैपनि कानूनी झमेला नहुने’ विश्वस्त पारेका थिए। सोही कारण अमेरिकाले सर्कुलर जारी गरेको अमेरिकी दुतावास स्रोतले जनाएको छ।

यो सर्कुलरपछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन । यो सर्कुलर भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदी लगायत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गर्दछ।