काठमाडौं–कालीकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समर्थित पत्रकार कर्णबहादुर विश्वकर्मा पक्राउ परेका छन्।
रेडियो नयाँ कर्णालीका वरिष्ठ प्राविधिक तथा संवाददाता विश्वकर्मा रेडियोको स्टुडियोबाटै पक्राउ परेको पत्रकार महासंघले जनाएको छ।
विश्वकर्मा विप्लव समर्थित पत्रकारहरुको संगठन जनपत्रकार संगठनका जिल्ला अध्यक्ष पनि हुन्।
यसैगरी, पत्रकार कर्ण विश्वकर्मा पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । रेडियोको स्टुडियोमै प्रवेश गरी पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भएको महासंघको भनाइ छ ।
महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी पक्राउ परेका पत्रकार विश्वकर्मालाई तत्काल रिहा गर्न पनि माग गरेका छन्।




प्रतिक्रिया