तत्कालीन भैरहवा भन्सारका अधिकृत विकमाथि करोडौँको भ्रष्टाचार मुद्धा

तत्कालीन भैरहवा भन्सारका अधिकृत विकमाथि करोडौँको भ्रष्टाचार मुद्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकले झण्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत तथा हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत विकले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मानप्रसाद हाल करदाता सेवा कार्यालय पाँचथरमा कर अधिकृत थिए । डेढ वर्ष रोल्पामा राहत शिक्षकको काम गरेका अख्तियारका अनुसार २०६८ असोज ११ मा अधिकृतमा नियुक्त भएका थिए । आयोगले आम्दानीको तुलनामा विकले एक करोड बयासी लाख ६७ हजार सातसय उनासी रुपैयाँको स्रोत नखुलेको पाइएको जनाएको छ ।

मुद्दामा अख्तियारले स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ । मुद्दा दायर भएसँग विक निलम्बनमा परेका छन् । त्यस्तै अख्तियारले घुस लिएको ६० हजार रुपैयाँसहित बैदेशिक रोजगार विभागका सुब्बा रामकुमार फुयाँललाई जोरपाटीबाट पक्राउ गरेको छ।

ठगीमा परेका सेवाग्राहीलाई ठग्नेविरुद्ध पक्राउ पुर्जी जारी गरिदिन्छु भन्दै रकम लिएको अभियोगमा बिहीबार बेलुका घुस लिन सहयोग गर्ने धुर्व खड्कासहित पक्राउ गरेको हो । उनीहरु विरुद्ध अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।