अस्वस्थ भएपछि पूर्वगृहमन्त्री सिटौला अस्पताल भर्ना

अस्वस्थ भएपछि पूर्वगृहमन्त्री सिटौला अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्। सिटौलाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि शुक्रवार साँझ उनलाई धुम्बाराहीस्थित हृयाम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

उनको उपचारमा डा.अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइराला लगायतको टिम संलग्न छन्। सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएको जनाइएको छ। मुटुरोगका बिरामी सिटौलाको यसअघि नर्भिक अस्पतालमा ओपन हार्ट सर्जरी गरिएको थियो।