होस्टलभित्र छात्राको मृत्यु, प्रिन्सिपलसहित दुईजना पक्राउ

होस्टलभित्र छात्राको मृत्यु, प्रिन्सिपलसहित दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको थेचोमा रहेको सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने एक छात्रा शंकास्पद अवस्थामा मृत भेटिएकी छन्। कक्षा १० मा पढ्ने १५ वर्षीया मेरिका राना होस्टलभित्रै मृत फेला परेकी हुन्। प्रहरीका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुन्डिएको अवस्थामा रानाको शव भेटिएको हो।

तर रानाको परिवारले उनको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशकलाई पक्राउ गरेको छ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको चापागाउँस्थित महानगरीय प्रहरी वृत्तले जनाएको छ।