काठमाडौं – निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र विभिन्न व्यक्तिलाई यातना दिएको कसुरमा मुद्दा चलाइएका नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन् ।
कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डीएसपी जिसी आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । सोमबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका जीसीको बयान लिने कार्य सुरु भएको श्रेष्तेदार हरिकृष्ण अववस्थीले जानकारी दिए ।
जिल्ला अदालत कञ्चनपुरमा उनी लगायत ८ जनाविरुद्व प्रमाण नष्ट गरेको भन्दै मुद्दा परेसँगै डीएसपी जिसी त्यसैको बयान दिनका लागि अदालत उपस्थित भएका हुन् । यस्तै जिल्ला अदालतले आइतबार मात्रै पूर्वएसपी दिल्लीराज बिष्ट १० लाख धरौटीमा रिहा हुन आदेश दिएसँगै बिष्ट धरौटी तिरेर रिहा भइसकेका छन् ।




प्रतिक्रिया