गणेशराज पोखरेल बने सिटिजन्स बैंकको सिईओ

गणेशराज पोखरेल बने सिटिजन्स बैंकको सिईओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गणेशराज पोखरेल सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।

संचालक समितिको सोमबारको बैठकले कामु सिईओ पोखरेललाई चैत १८ गतेदेखि लागु हुने गरी सिईओ नियुक्त गरेको हो।

राजनसिंह भण्डारीले आफ्नो दुई कार्यकाल समाप्त गरेर बाहिरिए सँगै बैंकमा सिईओ पद खालि रहेको थियो।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक गरेका छन्। साथै उनले काठमाडौं विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर समेत गरेका छन्।