आफ्ना नेता धमाधम पक्राउ पर्न थालेपछि विप्लव माओवादीले सरकारलाई भन्यो–‘केपी-बादल कम्पनी’

आफ्ना नेता धमाधम पक्राउ पर्न थालेपछि विप्लव माओवादीले सरकारलाई भन्यो–‘केपी-बादल कम्पनी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो बरियताका नेताहरु धमाधम पक्राउ पर्न थालेपछि उक्त समूह आक्रोशित बनेको छ।

मन्त्रिपरिषद् बैठकबाट उक्त समूहमाथि प्रतिबन्ध लगाए पश्चात प्रहरी प्रशासन आक्रामक प्रस्तुत हुन थालेछि विप्लव समूहले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई ‘केपी बादल कम्पनी’ को संज्ञा दिँदै सामाजिक फाँसीवादतर्फ पतन भएको बताएको छ।

पार्टीका पूर्वी कमान्ड इन्चार्ज विरहीले सोमबार जारी गरेको विज्ञप्तिमा ‘केपी–बादल कम्पनी सामाजिक दलाल पूँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुँदैछ,’ भनिएको छ।

आगाडि भनिएको छ, ‘हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध र पछिल्लो समय नेता कार्यकर्ताको गिरफ्तार फासिवादको भद्दा नमूना हो।’

गत फागुन १० गते नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका विप्लव माओवादीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ गत शनिबार पक्राउ परेका थिए भने कोशी ब्युरो संयोजक धनश्याम श्रेष्ठ र ब्युरो सदस्य माधव गौतम पनि पक्राउ परेका छन्।

त्यस्तै, सोमबार नै बुद्धिजीवी परिषद् भेरी–कर्णाली इन्चार्ज धनराज शाही केही विस्फोटक पदार्थसहित पक्राउ परेका छन्।