सहरी विकास मन्त्रालय घेर्न पुगेका इन्जिनियरमाथि प्रहरीको लाठी चार्ज

सहरी विकास मन्त्रालय घेर्न पुगेका इन्जिनियरमाथि प्रहरीको लाठी चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबार पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ। सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो।

प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी इन्जिनियरहरु घाइते भएका छन्। आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरहरुले आपत्ति जनाएका छन्। इन्जिनियर विद्या बरालले आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको भन्दै निन्दा र भत्सर्ना गरिन्।

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधावापतको रकम कटौति गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक सातायता पुनर्निर्माणको काम छोडेर काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। उनीहरुले खाइपाइ आएको सुविधावापतको रकम कटौति नगर्न सरकारसँग माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन्।

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आफूहरुलाई दिँदै आएको सेवासुविधा कटौति गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।