शिवरात्रिमा नाङ्गाबाबा निषेधको माग गर्दै सर्वोच्चमा दायर भयो रिट


काठमाडौं– फागुन १ गते शिवरात्रि पर्वका लागि भन्दै पशुपतिनाथ क्षेत्रमा नाङ्गा बाबा आउने क्रम जारी छ। तर, नाङ्गाबाबाहरुले धर्मको नाममा अश्लीलता फैलाइरहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कानुन व्यवसायी यज्ञमणि न्यौपानेले शिवरात्रिमा नाङ्गा बाबाहरुबाट हुने उच्छृखलता नियन्त्रण गर्न आदेश माग्दै आइतबार रिट दायर गरेका हुन्।

‘विवाह नभएका महिलाले नाङ्गाबाबाको लिङ्ग छोई ढोग गरी पूजा गर्दा राम्रो पति पाइने, सन्तान नभएका महिलाले बाबाहरुका शरीर तथा लिङ्गमा धसेको खरानीको टीका लगाउँदा सन्तान प्राप्ति हुने तथा अन्य महिलाले नाङ्गा बाबाको लिङ्गको दर्शन गरी लिङ्गमा दलिएको खरानीको टीका लगाएमा रोग नलाग्ने, लागेको रोग निको हुने, सन्तान सुख हुने जस्ता रुढिवादी भ्रम फैल्याएर महिला तथा बालबालिका र सम्पूर्ण नागरिकमाथि अपमान भइरहको छ,’ रिटमा भनिएको छ।

पशुपति विकास कोषले बाबाहरुलाई शिवरात्रिमा पारिश्रमिक दिएर बिदा गर्ने गर्छ। यसरी धर्मका नाममा नेपालको अर्थतन्त्रलाई कमजोर बनाउँदै लगेको रिटमार्फत् दाबी गरिएको छ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकाश कोष सञ्चालन परिषद्, पशुपति क्षेत्र विकास कोष गौशाला, महाशिवरात्री व्यवस्थापन समिति लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement