देशका अधिकांश स्थानमा वर्षा, अब कहिलेसम्म पर्छ?

देशका अधिकांश स्थानमा वर्षा, अब कहिलेसम्म पर्छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा आज काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ।

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट मंगलबारदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताए। उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ।
बुधबारदेखि मौसम खुला हुने बताइएको छ ।

बुधबार पूर्वी पहाडी भेगमा मौसम केही प्रभावित हुने र अन्य भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकामा १४.० मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै पोखरामा १३ .९ मिलिमिटर, नेपालगञ्जमा १७.७ मिलिमिटर र विराटनगरमा १६.६ मिलिमिटर वर्षा भएको छ।