विप्लव समूहको चैत १६ गतेकाे नेपाल बन्द फिर्ता

विप्लव समूहको चैत १६ गतेकाे नेपाल बन्द फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको पूर्वनिर्धारित बन्द कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ।

उक्त समूहले केही दिन अघि विज्ञप्ति जारी गरेर चैत १६ गते बन्दको घोषणा गरेकोमा नेपाल बार एसोसिएसनले आफ्नो निर्वाचनको कार्यक्रममा असर पर्ने भन्दै फिर्ता लिन अपील गरेको थियो। बारको निर्वाचन र एसईईको परीक्षा परेपछि विप्लवको पार्टीले बन्द फिर्ता लिने निर्णय लिएको हो।

विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख थियो । बन्द बाहेक अन्य कार्यक्रम यथावत रहने छन् ।

प्रधानमन्त्री केपी ओलीले सो समूहलाई चैत मसान्तभित्र हतियार बुझाउन र वार्तामा आउन आग्रह गरेका थिए।