काठमाडौं – संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रलयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया सकिएको घोषणा गरेको छ । विहीबार सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मेललन गरी सबै निकायमा कर्मचारी समायोजन गरिएको जानकारी गराएको हो ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार यस प्रक्रिया अन्तरगत कुल १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ भने त्यसमा ९७ हजार ५ सय ८८ कर्मचारीको समायोजन गरिएको छ।
मन्त्रालयका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ। सातवटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ। र, ७५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ।
संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। उनले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताए।
सरकारले यही आर्थिक वर्ष्भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ। देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भइरहेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्ष्भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोकसेवा आयोगलाई निर्देशन दिएको पनि बताए। अब लोकसेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि लोकसेवा आयोग आवेदन खुला गर्नेछ।




प्रतिक्रिया