कामविहीन नेकपाका ४४१ केन्द्रीय सदस्य

कामविहीन नेकपाका ४४१ केन्द्रीय सदस्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन। गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन्। पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाइ भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन्।

पार्टी एकता भएको ११ महिनाको अवधिमा प्रदेश कमिटीलाई पूर्णता दिनेबाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। कता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएको छ। गत जेठ ३ मा पार्टी एकीकरण हुँद तीन महिनाभित्र टुंगो लगाउने भनिएको एकताको काम लामो समय बितिसक्दा पूर्णता पाउन सकेको छैन। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ।