नेपालमा थप लगानी बढाउन विकास साझेदार प्रतिबद्ध

नेपालमा थप लगानी बढाउन विकास साझेदार प्रतिबद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विकास साझेदार संस्थाहरुले नेपालमा थप लगानी गर्न प्रतिवद्ध भएको जनाएका छन् । एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेनले नेपाल लगानी सम्मेलनमा सम्बोधन गर्दै हरेक हिसाबले नेपालमा लगानीको सम्भावना रहेको बताए ।

उनले नेपालमा लगानी बढाउनका लागि नयाँ साझेदारी रणनीति तयार भईरहेको जानकारी दिदैसरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा सफल बनाउन सन् २०२० देखि २०२४ सम्म थप लगानी बढाउने गरी साझेदारी रणनीति तयार भईरहेको पनि बताए ।

यस्तै, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले कानुनमा भएको सुधारलाई कार्यन्वयनमा लान आग्रह गर्दै बनाएको कानुन कार्यन्वयनमा गर्ने मुख्य जिम्मेवारी कर्मचारीको भएको भन्दै त्यस तर्फ पनि सुधारको काम गर्नुपर्ने सुझाव दिए ।

यस्तै, मुथुत ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुतले लामो समयपछि नेपालमा दिगो सरकार बनेको बताउँदै आर्थिक रुपमा पनि बलियो बन्ने प्रयास गरिरहेको बताए यसअघि सरकारको आयोजनामा काठमाडौंमा सुरु भएको नेपाल लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा अहिले राजनीतिक मात्रै नभए कानुनी र प्रक्रियागत समस्या समाधान भईसकेकाले अब लगानीका लागि द्विविधा नगर्न आग्रह गरे ।

उनले पछिल्लो एक बर्ष सरकार कानुन निर्माण र प्रक्रिया सुधारमा सफल भएको भन्दै नेपाल चाँडै नै न्यून आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुन लागेको जानकारी पनि दिए । उनले नेपालको विकाससँगै लगानीकर्ताको लाभलाई पनि हेरेर सबै प्रकियालाई सहज बनाउन लागेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे ।

विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्न भन्दै सरकारले दुई वर्षपछि लगानी सम्मेलन गरेको हो । सरकारले आयोजना गरेको यो तेस्रो लगानी सम्मेलन हो । सम्मेलनमा विभिन्न ३९ मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ७ सय भन्दा बढी विदेशी लगानीकर्ताहरुको सहभागीता रहेको छ । सरकारले यस्तै लगानी सम्मेलन २०४८ र २०७३ सालमा गरेको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्व सरकारले शून्य सहिष्णुता नीति लिएको पनि बताउदै सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नीतिलाई सफल बनाउन आन्तरिक स्रोतबाट मात्र नपुग्ने भएकाले विदेशी लगानीकर्ता सँग साझेदारी गर्न चाहेको बताए । उनले लगानीको वातावरणलाई थप बलियो बनाउन कानुनी र संरचनागत सुधार भइरहेको जानकारी दिँदै विदेशी लगानीकर्ताको सहजताका लागि एक द्वार केन्द्र स्थापना गर्ने तयारी गरेको पनि बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।