काठमाडौं – क्यानडाको लागि नेपालको आवासीय राजदूतमा नयाँ नियुक्ति गरिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिपरिषदको सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढङगानालाई राजदूत पदमा नियुक्त गरेकी हुन् ।
उनलाई क्यानडाको लागि आवासीय र क्यूबा तथा जमैकाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको छ ।




प्रतिक्रिया