घुस लिएको आरोपमा आन्तरिक राजश्व कार्यालयका नायब सुब्बा पक्राउ

घुस लिएको आरोपमा आन्तरिक राजश्व कार्यालयका नायब सुब्बा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुस लिएको आरोपमा नायब सुब्बालाई पक्राउ गरेको छ ।

राजस्व कार्यालय भक्तपुरको सङ्कलन शाखामा कार्यरत नासु सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु १५ हजार घुस लिएलगत्तै आयोग टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरीवृत्त जगातीले जनाएको छ ।