भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश २ कोे एसईईको परीक्षा यही चैत २२ गते शुक्रबारदेखि सञ्चालन गर्ने भएको छ ।
परीक्षा बोर्डको सोमबारको बैठकले आगामी २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए।
लगातार प्रश्न पत्र बाहिरिन थालेपछि गएको शुक्रबार सरकारले रद्ध गरेको परीक्षा पुनः सञ्चालन गर्ने भएको हो । जसअन्तर्गत प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा २२ गते र सामाजिक विषयको परीक्षा २३ गते सञ्चालन हुने भएको उनले जानकारी दि।
अन्य विषयहरुमध्ये २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, २५ गते वेद विषय र २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने छ। २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुने सञ्चालन हुनेछ ।




प्रतिक्रिया