काठमाडौं – बारा पर्सामा आधी हुरीबाट प्रभावित भएका लागी प्रदेश नम्बर ३ सरकारले १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ। मंगलबार बिहान बसेको प्रदेश तीनको मन्त्रिपरिषद् बैठकले आवास र राहत वितरणका लागि उक्त रकम दिने निर्णय गरेको हो।
‘हामी प्रदेश २ को सरकारसँग समन्वय गरेर उहाँहरूले खोल्नु भएको खातामा पैसा दिन्छौं,’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने । यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको थियो। विभिन्न राजनीतिक दल र केही नगरपालिकाले पनि बारा र पर्साका प्रभावितलाई पैसा दिने निर्णय गरेका छन्।
प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए । विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो । साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।




प्रतिक्रिया