चट्याङ लागेर अछाममा १५ जना घाइते

चट्याङ लागेर अछाममा १५ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – सोमबार राति परेको चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन् । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका -९ तामकोट र ४ जना रामारोशन गाउँपालिका -५ सल्लीसैनका हुन् ।

घाइते १५ जनामध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । गम्भीर घाइते हुनेमा स्थानीय १४ वर्षीय जगत बोहरा, १९ वर्षीय भिमपुरा दास, ५७ वर्षीय दिर्घे बिक, ४५ वर्षीया ललु बिक, ४० वर्षीया राधिका शाही, १५ वर्षीया कल्पना बोहरा र ५२ वर्षीय बलिराम दास छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही घाइतेको बयलपाटा अस्पताल र केहीको चिल्तडा स्वास्थ केन्द्रमा उपचार भइरहेको छ ।