परापूर्वकालदेखि नै नेपालीहरु अनुसन्धानमा पोख्त : प्रम ओली

परापूर्वकालदेखि नै नेपालीहरु अनुसन्धानमा पोख्त : प्रम ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन्।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । “हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तिकिरण गर्न सकेनन्” प्रधानमन्त्री ओलीले भने “तर उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर त्यसको उपयोग दैनिक जीवनमा गरे । जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो ।”

प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नुहने बताए।  “हामी गरिव छौं,अविकसित देशमा छौं भनेर हामीले हिनग्रन्थी पाल्नु पर्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी विद्वान पूर्खाका सन्तान हौं । केही समयसम्म शासकको कमजोरी अलि पछि परिएको हो । तर अब त्यस्तो अवस्था रहदैन ।”

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ नयाँ अनुसन्धानमा लाग्न सुझाए।  “समृद्ध नेपाल,सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुहोस । तपाईंहरुका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने।