आजपनि हावाहुरीको सम्भावना, कताको मौसम कस्तो ?

आजपनि हावाहुरीको सम्भावना, कताको मौसम कस्तो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज (बुधबार) देशको पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको हो । दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको हो ।

महाशाखाले आज बिहान प्रकाशित गरेको तीन दिने मौसमी बुलेटिनमा पनि देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहने उल्लेख गरेको छ ।

प्रि मनसुनको समयमा मेघगर्जन र गड्याङगुडुङसहित चट्याङ र वर्षासँगै हावासमेत चल्ने समेत महाशाखाले जनाएको छ ।

यसैबीच बारा र पर्सामा ठूलो धनजनको क्षती हुने गरी तीन दिनअघि आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली आज प्रभावित क्षेत्रमा गएको छ ।