नुहाउने क्रममा करेन्ट लागेर दुई बालबालिकाको मृत्यु

नुहाउने क्रममा करेन्ट लागेर दुई बालबालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– कैलालीकाे बुधबार धनगढी उपमहानगरपालिका ३ मिलनचौकमा पर्शुराम बानियाँको घरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट लागेको करेन्टले बानियाँका ५ वर्षीय छोरा आयुश र सोही घरमा डेरा गरि बस्दै आएका कैलारी गाउँपालिका कोइलही तालका छक्क चौधरीकी ५ वर्षीया छोरी अनामिका चौधरीको मुत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका दुबै जना उपचारका क्रममा मृत्यु भएको हो । आयुशको धनगढीस्थित माया मेट्रो अस्पताल र चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।