लाजिम्पाटमा आगलागी, एकको मृत्यु चार घाइते

लाजिम्पाटमा आगलागी, एकको मृत्यु चार घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुंदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको माहानगरीय प्रहरीले जनाएको छ ।थापा राजधानीस्थित शंकर होटलमा सेक्युरेटी गार्डको काम गर्दै आएका थिए।

गम्भीर घाइते हुनेमा बर्दीया राजापुरका विवेक शाही र उनकी श्रीमती गंगा शाही रहेका छन्। विवेकको मुख जलेको र गंगाको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। घाइते चन्द्रमाया राई र बिना बस्नेत अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले जानकारी दिए।