इथियोपिया दुर्घटनापछि बोइङले घटायो ७३७ मोडलको विमान उत्पादन

इथियोपिया दुर्घटनापछि बोइङले घटायो ७३७ मोडलको विमान उत्पादन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले आफ्नो ७३७ मोडलका विमान उत्पादन घटाउने भएको छ । ७३७ म्याक्स मोडलका दुई विमान लगातार दुर्घटनामा परेपछि बोइङले यस मोडलको विमान उत्पादन अस्थायी रुपमा घटाउन लागेको कम्पनीले जनाएको छ।

एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ।बोइङ ७३७ म्याक्स मोडलको विमानको हस्तान्तरण रोकिएपछि सो कम्पनीले पछिल्लो कदम चालेको हो।इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनामा सोही मोडलका जेट विमानहरू परेका थिए।

गत मार्चमा एथियोपियन एअरलाइन्सको ७३७ म्याक्स मोडलको विमान आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो।दुर्घटनामा परी विमानमा सवार सबै १५७ जनाको ज्यान भएको थियो। तीमध्ये एक नेपालकी एकता अधिकारी पनि थिइन्। पाँच महिनाअघि इन्डोनेशियाको लायन एअरको सोही मोडलको विमान जकार्ताबाट उडेको केही समयमा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा परी १८९ जनाको ज्यान गएको थियो।

पछिल्लो पटक म्याक्स मोडलको विमानलाई हटाउन निर्देशन दिने ठूला नियामक निकायमध्ये संयुक्त राज्य अमेरिकाको सङ्घीय उड्डयन प्रशासन (एफएए) एक हो। ढिलो गरेर त्यस्तो निर्देशन दिएको भन्दै बोइङसँग धेरै नजिक भएको आरोप पनि उसले झेल्नुर्पयो।