काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङदेनले आफूलाई ५० लाख नदिए ज्यान मार्ने धम्की दिएको खुलासा गरेका छन् ।
महामन्त्री लिङदेनले सामाजिक सञ्जाल ट्विटरमार्फत केही साताअघि आफ्नो मोबाइलमा धम्की र फिरौती माग गरिएको खुलासा गरेका हुन् ।
सांसद लिङ्देनलाई फिरौती रकम नदिए घर बाहिरबाट निस्कने बित्तिकै मार्नेसम्मको धम्की दिइएको थियो । कसैले ५० लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।
उनले भनका छन्, ‘के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान त ? के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ?’
महामन्त्री लिङदेन राप्रपाको एक्लो प्रतिनिधिसभा सांसद हुन् ।
हेर्नुहोस् उनको ट्विटर जस्ताको तस्तै :–
● के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला ?
● के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान त ?
● के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिंडछ भनेर कसैले सोचेको होला ?
● के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसंग होला ?— Rajendra Lingden (@RajendraLingden) April 8, 2019




प्रतिक्रिया