काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४ कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । विप्लव समूहमा रहेरै गतिविधि गर्दै आएका उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।
आत्मसमर्पण गर्नेहरुमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ र सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी रहेका छन् । यस्तै कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कागज गराएर छाडिए पनि उनीहरूको गतिविधिमाथि निगरानी गरिने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
सरकारले नेत्रविक्रम चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि विप्लवका धेरै कार्यकर्ताले आत्मसमर्पण गर्ने र चार सयभन्दा बढी पक्राउ परेका छन् ।




प्रतिक्रिया