मेयर धवल राणाले त्रिभुवनका शालिक राख्नेमाथि एक्कासी डोजर चलाए

मेयर धवल राणाले त्रिभुवनका शालिक राख्नेमाथि एक्कासी डोजर चलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– उदयसिंह श्रेष्ठ

नेपालगन्ज – नेपालगन्जको त्रिभुवन चोक स्थिती राजा त्रिभुवनको शालिक राख्ने स्थानमाथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल सम्शेर राणाले एक्कासी डोजर चलाउन निर्देशन दिएका छन् । मेयर राणाले एक्कासी डोजर चलाएर नगरबासीको मन दुखाएको पीडितहरुको भनाई रहेकोको छ ।

त्रिभुवन चोकको लामो इतिहास अर्थात स्थानिय त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक रहेको जनआन्दोलनको क्रममा शालिक फालिएको तर शालिक राख्ने स्थान यथास्थितीमा रहेकोमा मेर डा। राणाले सोमबार राती डोजर लगाई भत्काउने प्रयास गर्दा स्थिती तनावपूर्ण रहेको थियो भने सोही क्रममा वडा नं.११ का वडा अध्यक्ष उज्जवल सिंह राठौरले स्थानिय जनतालाई अश्लिल शब्द प्रयोग गर्दै मारि दिने जस्तो धम्कीपछि नगरबासीले यस्तो धम्की जनप्रतिनिधिबाट आएको प्रति दुख व्यक्त गरेका छन् ।

सौन्दर्यकरण गर्ने बहानामा मेयर राणाले नेपालगन्ज उद्योग वाणिज्य संघलाई जिम्मा दिएको र सोमबार राती त्रिभुवन चोकमा संघका अध्यक्ष नन्दलाल बैश्यले डोजर चलाई भत्काउन लगाएको जस्तो झुठो आरोप लगाई चर्चित बनाउन लगाइएकोमा स्थानिय व्यापारीसमेत क्रोधमा रहेका छन् । त्रिभुवन चोकस्थित त्रिभुवनको शालिक राख्ने स्थानमा डोजर लगाएको विषयमा संघका अध्यक्ष बैश्यले सफा शब्दमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। राणाको आदेशमा तोड्ने प्रयास गरेको बताएका छन् ।

त्रिभुवन चोकको शालिक राख्ने स्थानमा डोजर लगाइएको विषयमा क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जका संयोजक ख्यातीप्राप्त प्लाष्टिक सर्जन डा. विनोद कर्णले एक्कासी डोजर लगाई भत्काउने प्रयासको विरोध गर्नुको साथै यो कार्यबाट नगरबासी दुखी रहेको बताएका छन् ।

यसैगरी संघिय समाजवादी फोरम बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राईले मधेशबासीमाथि ठाडो आक्रमण भएको र कुनै पनि हातलमा उक्त स्थानमा कमल मधेशी चोक स्थापना हुने कुरा अगाडि सार्दै डोजर लगाई भत्काउने प्रयासको विषयमा प्रमुख जिल्ला अधिकारलाई समेत थाहा नहुँदाहुँदै भत्काइएको बताए । मेयर राणाले एक्कासी त्रिभुवन चोकस्थित शालिक राख्ने स्थान तोड्ने प्रयास गरिएपछि अहिले उक्त स्थान तनावपूर्ण रहनुको साथै स्थानिय प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाएको छ ।