रसुवागढी र सान्जेनको साधारण सेयर आवेदन खुल्यो 

रसुवागढी र सान्जेनको साधारण सेयर आवेदन खुल्यो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा बैशाख ६ गतेदेखि सेयर आवेदन खुला भएको छ ।  दुवै कम्पनीले शुक्रबारबाट रसुवामा निर्माणाधीन ३ आयोजनाको साधारण सेयर बिक्री खुलाएका हुन् । सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सेयर निष्कासन गरिएको हो ।

रसुवागढीले निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सय रुपैयाँमा अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र ५ लाख १३ हजार १ सय ५७ कित्ता सामुहिक लगानी कोषका लागि हुट्याइएको छ ।

बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता खरिद गर्न सर्वसाधारणले आवेदन दिन पाउने छन् । यसैगरी, सान्जेनले निर्माणाधीन ४२।५ मेगावाटको सान्जेन र १४।८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ५४ करोड ७५ लाख रुपैयाँ मूल्यको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १९ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । ४८ लाख ८२ हजार २ सय ५० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

दुवै आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले छिटोमा बैशाख १० गते तथा ढिलोमा जेठ ५ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सर्वसाधारणले दुवै कम्पनीको सेयर भर्न न्युनतम १० कित्तादेखि आवेदन दिन पाउनेछन् । रसुवागढीको अधिकतम ५ हजार र सान्जेनको २ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएका दुवै कम्पनीका आयोजनाको भौतिक प्रगति ७० प्रतिशत नाघिसकेकाले प्रतिकित्ता सेयरको सतप्रतिशत रकम लिने गरी आवेदन लिइनेछ । दोस्रो चरणको साधारण सेयर निष्कासन गरी बाँडफाँड गरेपछि रसुवागढीले स्थानीयका लागि छुट्याइएको ६८ लाख ४२ हजार १ सय कित्ता सेयर निष्कासन गर्नेछ । सान्जेनले पनि स्थानीयका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

रसुवागढीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र सह–बिक्री प्रबन्धकमा एनआइबीएल एसीइ, ग्लोबल आइएमइ र सनराइज क्यापिटललाई तोकेको छ । यसैगरी, सान्जेनले बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह–बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटलाई चयन गरेको छ । दोस्रो चणरणमा आयोजना प्रभावित स्थानीयको सेयर निष्कासन गर्ने तय भए पनि जिल्ला समन्वय समिति रसुवाले सम्बन्धित सरोकारवालाको सहमति अनुसार दुवै कम्पनीले स्थानीयभन्दा अघि साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका थिए । दुवै कम्पनीले यसअघि कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन् ।