प्रधानमन्त्री ओलीलाई बधाई दिन बालकोट पुगिन् चिनियाँ राजदूत


काठमाडौं –  नेपालका लागि चिनियाँ राजदूत यु होङ बिहीबार मध्यरातमा बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओली निवास पुगेर बधाई तथा शुभकामना दिएकी छिन् । राजदूत होङले चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको बधाई तथा शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेकी हुन् ।

राजदूत होङमार्फत चिनियाँ प्रधानमन्त्रीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताए ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ ।

उनले नेपालले राजनीतिक स्थायीत्व प्राप्त गर्न लागेकोमा खुशी लागेको बताएकी छिन्। बालकोट पुगेका राजदूत होङले नयाँ सरकार गठनपछि नेपालले राजनीतिक स्थायीत्व प्राप्त गर्ने अपेक्षा लिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement