श्रीमतीको हत्या आशंकामा श्रीमानसहित तीन जना पक्राउ

श्रीमतीको हत्या आशंकामा श्रीमानसहित तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तौलिहवा – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बालापुरमा २१ वर्षीया सुनिता थारूको हत्या भएको छ। सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए। पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस