निगमको जहाजले असारदेखि जापानमा उडान गर्ने

निगमको जहाजले असारदेखि जापानमा उडान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं(ओसाका उडान गरेको थियो । निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ ।

‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, ‘असार १९ गतेदेखि ओसाकामा नियमित उडान गर्छौँ ।’ उनका अनुसार आइतबारदेखि टिकट बिक्री खुला गरिनेछ । काठमाडौं(ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार तथा दुईतर्फी ८० हजारसम्म कायम हुने कोइरालाले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।