उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक : मन्त्री पुन

उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक : मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक रहेको बताएका छन्। अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले पाँच वर्ष्भित्र नेपालले सिमापार उर्जा व्यापार गर्ने र त्यसका लागि पाँच हजार मेगावाट विद्युत उत्पादन भइरहेको बताए।

अष्ट्रियासँग उर्जा क्षेत्रमा सहकार्य गर्ने सम्झौता गरि न्यूयोर्क पुगेका मन्त्री पुनले २४ मे, शुक्रबार ‘सबैका लागि दीगो उर्जाको संयुक्त राष्ट्र दशकको कार्यान्वयन सम्बन्धी उच्च स्तरीय संवाद’ फोरमलाई सम्बोधन गरेका हुन्। ‘हाम्रो क्षेत्रमा उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक छ’, मन्त्री पुनले सम्बोधनमा भने, ‘नेपालले भारतसँग विद्युत व्यापार सम्झौता गरिसकेको छ भने चीन र बंगलादेशसँग पनि सिमापार विद्युत व्यापारका लागि समझदारी गरेको छ।’

उर्जा सहकार्य सम्बन्धी सार्क फ्रेमवर्क र बिमस्टेक ग्रिड इन्टरकनेक्सन अन्तर्गत नेपालले क्षेत्रीय र उपक्षेत्रीय उर्जा इन्टरकनेक्सन गर्न खोजिरहेका उनले बताए। नेपालले आगामी पाँच वर्ष्भित्र आन्तरिक खपतका लागि १० हजार मेगावाट र सिमापार व्यापारका लागि अर्को पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री पुनले बताए। नयाँ संविधान जारी भएसँगै स्थिर सरकार बनेको र नेपाल अहिले दीगो विकासको लक्ष्य सहित सामाजिक-आर्थिक विकासको बाटोमा अगाडि बढेको मन्त्री पुनको भनाइ छ।

‘उर्जा आर्थिक विकासको मेरुदण्ड भएकाले नेपाल अहिले विश्वसनीय, पहुँचयोग्य र आधुनिक उर्जा प्रदान गर्न प्रतिवद्ध छ’, मन्त्री पुनले भने, ‘अर्को दुई वर्ष्भित्र हामी ग्रिड र अफग्रिड प्रणालीको मिश्रणबाट सतप्रतिशत नागरिकलाई उर्जा प्रदान गर्नेछौं।’